‘फनफनी’ को जिम्मा रामबाबुलाई ?

फिल्म । यतिबेला युट्युबमा फिल्म ‘सेन्टी भाइरस’ को गीत फनफनी आइसकेको छ । तर , यो गीत फिल्म फनफनीकै लागि तयार गरिएको हो । ‘भद्रगोल’बाट चर्चामा रहदा नै यो समुहले फिल्म निर्माण गर्ने घोषणा गरेको थियो । करिब दुइ वर्ष अगाडी गरिएको घोषणामा कलाकार विपिन कार्की र निर्देशकको रुपमा निश्चल बस्नेत अनुबन्धित समेत भएको खबर मिडियामा आएको थियो । तर , फिल्मले अझै मुर्तरुप पाउन सकेको छैन । स्क्रिप्टलाई लिएर निश्चल र तात्कालिन भद्रगोल ग्रुपको कुरा नमिलेपछि निश्चलले फिल्म छाडेको चर्चा फिल्मनगरीमा छ । यसैगरी त्यसपछि फिल्मलाई विपिनले पनि छाडेको चर्चा बढ्दो छ ।

कुमार कट्टेल (जिग्री)र अर्जुन घिमिरे (पाडे) ले फिल्मलाई लिएर अन्य निर्देशकलाई पनि अफर नगरेका भने होइनन् , तर विविध कारणले प्रोजेक्ट अगाडी बढ्न सकेन । पछिल्लो समय कमेडी जनरमा अगाडी बढिरहेका निर्देशक प्रदीप भट्टराईलाई पनि टिमले अफर गरेको थियो तर , आपसी समझदारी नमिल्दा प्रोजेक्टमा टिमअप भएन । कुमारका दाई सिताराम कट्टेल (धुर्मुस)ले त्यसपछि घोषणा गरेको फिल्म पनि बनिसक्यो । प्रदर्शनको तयारीमा छ ‘सेन्टी भाइरस’। यसै फिल्मका निर्देशक रामबाबु गुरुङले अब यो प्रोजेक्ट अगाडी बढाउने सम्भावना देखिएको छ । ‘सेन्टी भाइरस’को कामलाई लिएर टिम रामबाबुसंग प्रभावित छन् , यसैले गर्दा फनफनीमा टिमअप हुने सम्भावना पनि बढेको छ । यसैगरी रामबाबु पनि ‘कबड्डी’ सिरिजको सफलता मात्र लिएर बस्न चाहदैनन् , यसैले टिमअप हुने सम्भावना बढेको छ ।

कमेन्ट गर्नुहोस्