संगीत । ‘निरमाया’बोलको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ गीत ल्याएको छ । बुधबार सार्वजनिक गरिएको गीतमा ‘निरमाया’का गायक समीर मोक्तानकै आवाज रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल ‘बले’ र कविता नेपाली फिचर भएका छन् । सागर हाँस्य टेलिसिरियल सक्किगोनीमा ‘बले’को भूमिकाबाट सबैमाझ चिनिएका छन् भने कविता बुगीवुगी सिजन १ की विजेता हुन् । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । ‘निरमाया’ सफलताका कारण ‘निरमाया २’लाई पनि दर्शक/श्रोताले माया गरिदिने कुरामा निर्माण पक्ष ढुक्क देखिन्छ ।
कमेन्ट गर्नुहोस्










