देश । लामो समय रंग पत्रकारिता गर्दै आएका आएका अशोक कुमार प्यासी राई नेपाल सरकारको मन्त्री परिषद्ब साँस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त भएका छन् । उनले सोमवार राष्ट्रिय नाचघरमा रहेको महाप्रबन्धकको कार्यकक्षमा उनले आफ्नो पदभार सम्हालेका हुन् । संस्थानका कर्मचारीहरुले उनको स्वागत गर्दै संस्थानको वारेमा संक्षिप्त जानकारी समेत गराएका छन् । ताप्लेजुङमा जन्मेका राई काठमाडौंमा कर्म गरिरहेका छन् ।
नेपाल सरकारले उनलाई चार बर्षको लागि नियुक्त गरेका हो । आफ्नो पदभार सम्हाल्दै महाप्रबन्धक राईले साँस्कृति संस्थानलाई राष्ट्रको एक मात्र उत्कृष्ट साँस्कृतिक संस्थान बनाउने कार्यमा आफु लागिपर्ने बताएका छन् । सरकारी तथा गैर सरकारी संस्थाहरुको रोजाईको साँस्कृतिक संस्थान बनाउन नयाँ योजनाहरु कार्यन्वयन गर्नेदेखि संस्थाका समस्याहरुलाई क्रमश सम्बोधन गर्दै नयाँ गति ढिलाउने उनले प्रष्ट पारेका छन् । श्रावणदेखी रिक्त हुर्दै आईरहेको साँस्कृतिक संस्थानको महाप्रबन्धकमा उनलाई नेपाल सरकारको मन्त्री परिषद्ले चार बर्षको लागि गत विहीवार नियुक्त गरेका हुन् ।










