सरिता र रामकुमारले ल्याए ‘लुडो र तास’ (भिडियो)

संगीत । गायिका सरिता भारती र गायक रामकुमार बस्नेतले आफ्नो स्वरमा रहेको नयाँ गीत लुडो र तास…श्रोता दर्शकमाझ ल्याएका छन् । नयाँ वर्ष सन २०२० को इभ अबसर पारेर डिसेम्बर ३१ मा गीतको भिडियो ‘ब्युटी न्युज नेपाल’को च्यानलबाट रिलिज गरिएको हो । यसअघि लोक पप गीत मेरो जवानी…ल्याएर विभिन्न अवार्ड समेत जितेकी सरिताको लुडो र तास पहिलो लोक दोहोरी गीत हो । उनले लोक दोहोरी गायनमा लुडो र तास….बाट डेब्यु गरेकी छिन् । यो गीत समाजमा रहेको बिकृति बिसँगति बिरुद्ध तयार गरिएको गीत हो ।

नेपाली युवाहरु नेताकै कारण बेराजगार भएपछि उनीहरुको दैनिकीलाई व्यँग्य गरेर यो गीत तयार गरिएको छ । गीतको भिडियो हास्यप्रधान बनेको छ । यो गीतमा अलिफ खानको सँगीत रहेको छ । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई सञ्चारकर्मी प्रदीप कँडेलले लेखेका हुन् । गीत लुडो र तासलाई यो गीतका गायक रामकुमार बस्नेतले नै निर्देशन र प्रदिप भण्डारीले मुख्य सहायक निर्देशन गरेका हुन् । जसमा टँक केसीको छायाँकन, तार्जन खड्काको सम्पादन रहेको छ । यो गीतको भिडियोमा गायिका सरिता सहित रामकुमार खत्री, मनिषा लोकान्द्री, कुमार खत्रीलगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्