फिल्म । बलिउड अभिनेता अजय देवगनको सफल फिल्म मध्यको एक हो , रेड । उनले यसमा गरेको अभिनयसँगै कन्टेनको पनि चर्चा भयो । सन् २०१८ मा आएको यो फिल्मले बक्स अफिसमा पनि आफुलाई अब्बल सावित गर्यो । ६० करोडमा बनेको फिल्मले झन्डै १ सय ५० करोडको आसपासमा विजनेस गरेको थियो । संजय कुमार गुप्ताको निर्देशनमा बनेको यस फिल्मको सिक्वेल बन्ने चर्चा यतिबेला बलिउडमा छ ।
निर्माण युनिटले अजयलाई कथा समेत सुनाइ सकेको छ । अजयले स्क्रिप्ट मन पराएपछी यतिबेला यसको सिक्वेल घोषणा हुने भएको छ । केहि दिनमै अफिसियल घोषणा गर्ने तयारीमा रहेको युनिटले यतिबेला अजय बाहेकको कास्ट फाइनल गर्न तयारी थालेको छ । ‘रेड २’ लाई पनि संजयले नै निर्देशन गर्नेछन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











