फिल्म । गत वर्षको अन्तिम महिना डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’ को सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढेको हो ।
सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यस्तै कारणले प्रतिक्षित फिल्मको फस्टलुक आउट गरिएको छ । जहाँ यश आफ्नै शैलीमा देखिएका छन् । सार्वजनिक फस्टलुकमा ‘साम्राज्यको पूर्णनिर्माण’ लेखिएको छ । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फस्टलुक सार्वजनिक भएता पनि यसको रिलिजलाई लिएर कुनै डेट घोषणा गरिएको छैन । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ ।










