मुस्ताङ्गमा निराजन र सृष्टीको प्रेम (भिडियो)

संगीत । अम्बिका गुरुङको शब्द रहेको गीत ‘सुखमा मात्र होइन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत रहेको गीतमा स्वर भने प्रताप दास र सुष्मा विश्वकर्मा रहेको छ । गीतमा एरेन्ज भने उदयराज पौडलले सुन्न सकिन्छ । रोमान्टिक म्युजिक भिडियोमा निराजन प्रधान र सृष्टि खड्का फिचर्ड छन् । हिमाली भेगको मनोरम दृश्यमा यी दुइको रोमान्टिक भावलाई भिडियोमा देखाइएको छ । मुस्ताङ्गमा खिचिएको भिडियोलाई निसान घिमिरेले निर्देशन गरेका हुन् । यसमा बुद्द थापाको छायाँकन, बिकास दाहालको सम्पादन ,सुरेस काफ्लेको ड्रोन, प्रमोद राज भण्डारीको कोरियोग्राफी र मनोज लामाको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्