फिल्म । सन् २०१७ आउनै लाग्दा बलिउडमा वर्षको समिक्षा हुन् सुरु भएको छ । यसवर्ष आउने दुइ ठुला फिल्म दबंग ३ र गुड न्युज बाँकी भए पनि समिक्षा भइरहेका छन् । वर्ष समीक्षामा वर्षका उत्कृष्ट अभिनेताबारे चर्चा नहुने कुरै भएन । यसैक्रममा यसवर्षका उत्कृष्ट अभिनेताहरुको सूची दैनिक पत्रिका इन्डियन एक्सप्रेसले बनाएको छ । सुचीमा सलमान खान, अजय देवगन, अक्षय कुमारजस्ता अभिनेता परेका छैनन् । यसैगरी शाहरुख खान र आमिर खानको यस वर्ष फिल्म नै आएनन् । साथै , अभिनयको मामिलामा राम्रो मानिने राजकुमार राव पनि सुचीमा छैनन् । यसैगरी कबिर सिंह मार्फत बलिउड बक्स अफिसमा बलिया बनेका शाहिद कपूर पनि सुचीम परेनन् । सुचीमा रहेका अभिनेताहरु निम्न लिखित छन् ।
आयुष्मान खुराना
पहिलो नम्बरमा छन्– आयुष्मान खुराना । यसवर्ष खुरानाका ‘आर्टिकल १५’, ‘ड्रिम गर्ल’ र ‘बाला’ प्रदर्शनमा आए । यी तीनै फिल्मले समीक्षकको प्रशंसा मात्र पाएनन्, बक्स अफिसमा पनि हिट भए । वर्षको अन्त्यतिर आएको ‘बाला’ आयुश्मानको लगातार सातौं हिट फिल्म भयो । विकी डोनर मार्फत बलिउड प्रवेश गरेका आयुष्मानले आफ्नो अभिनय क्षमता मार्फत पछिल्लो समय समिक्षकको मन मात्र जितेका छैनन् , दर्शकको साथ् पनि उत्तिकै पाएका छन् । परम्परात भूमिकाभन्दा फरक रुपमा देखिन सक्ने र आफ्नो अभिनय क्षमताको परीक्षण गर्न नडराउने अभिनेताका रुपमा आयुष्मानलाई यो पुस्ताको आमिर खान पनि भन्न थालिएको छ । ‘आर्टिकल १५’मा ग्रामीण दलितको अवस्था देखेर द्रवीत पुलिस अधिकारी, ‘ड्रिम गर्ल’मा महिलाको आवाज धेरैजनालाई प्रेम पासमा पार्ने युवा र ‘बाला’मा सानै उमेरमा कपाल झर्न थालेर समस्या भोगिरहेको युवाको भूमिकामा अभिनय गरेर चर्चामा आएका छन् । रेडियो जकी हुदै गायक बनेका आयुष्मान पछिल्लो समय स्थापित अभिनेतामा पर्छन ।
रणवीर सिंह आफ्नो अभिनय क्षमताले दर्शकको माया पाउदै गरेका अभिनेता हुन् रणवीर सिंह । गत वर्ष सिम्बा र पद्मावत दुई नितान्त फरक किसिमका फिल्ममा देखिएका रणवीर यो वर्ष जोया अख्तरको ‘गली ब्वाई’ देखिए। अन्डरगाउन्ड र्यापरको विषयमा बनेको यो फिल्मको प्रिमियर प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा गरिएको थियो । यो फिल्मलाई भारतले ओस्करमा पठाएको थियो । तर, यो उत्कृष्ट १० मा भने पर्न सकेन । यद्दपी रणवीरले पद्मावतमा देखिएको अवतारलाई सिम्बामा परिवर्तन गरेका थिए । त्यसपछि गली ब्वाईमा त उनि र्यापरनै बने । यसले पनि उनको अभिनय क्षमतालाई प्रस्ट्यायो ।
विक्की कौशल सन् २०२१ मा ग्याङ्ग्स अफ वासेपुरमा एसिस्टेन्ट निर्देशक बनेर बलिउडमा आएका विकी कौशल यस वर्षका टप ५ अभिनेताको लिस्टमा छन् । त्यो पनि टप ३ मा । सन् २०१५ मा मसानमा देखिएपछि आफ़ुलैअ अभिनेताको रुपमा चिनाउन सफल विकीले यसवर्ष भारतले पाकिस्तानको सीमामा गरेको सर्जिकल स्ट्राइकमाथि बनेको फिल्म ‘उरी’ मा अभिनय गरेपछि अभिनेताकै रुपमा स्थापित भए । त्यसो त उनको चर्चा अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘संजु’ ले नै बढाएको थियो । गत वर्षनै आलिया भट्टसँग आएको मेघना गुलजारको ‘राजी’ले उनलाई सफल बनाएको थियो । ‘उरी’मा सर्जिकल स्ट्राइकको नेतृत्व गर्ने अफिसरको रुपमा उनी निकै प्रशंसित भए।
अमिताभ बच्चन पछिल्लो समय मेघास्टार अमिताभ बच्चनले आफ्नो छविलाई विस्तारै परिवर्तन गरे । हिरो बनेर भित्रिएका बच्चन पछिल्लो समय अभिनेताको रुपमा रहेका छन् । पिंक , बदला जस्ता सानो बजेटका ठूलो प्रभाव पार्ने फिल्महरुमा अभिनय गरिरहेका छन् , जसले दर्शकको मन जिती रहेको छ । बलिउडमा ५० औ वर्षको यात्रामा रहेका बच्चनले ‘पिंक’ पछि यो वर्ष उनी यस्तै फिल्म ‘बदला’मा आफुलाई प्रस्तुत गरे । स्पेनको फिल्म ‘दि इनभिजिबल गेस्ट’को एडप्टेसन ‘बदला’ यस्तै फिल्म थियो । ‘पिंक’पछि तापसी पनु र बच्चन यसमा सँगै देखिएका थिए । सुजय घोषको यो मर्डर मिस्ट्रीले राम्रो समीक्षा पाउनुका साथै व्यापार पनि राम्रो गरेको थियो । यसवर्ष पनि उनि चेहरे र गुलाबो सिताबो जस्ता फिल्ममा देखिदै छन् ।
मनोज बाजपेयी मनोज बाजपेयी बलिउडका जति ठूला स्टार हुन्, त्योभन्दा धेरै राम्रा अभिनेता हुन् । नवाजुद्धिन सिद्दकीदेखि पंकज त्रिपाठीजस्ता अभिनेताहरुलाई प्रेरणा दिने बाजपेयी यो वर्ष अभिषेक चौबेको फिल्म ‘सोनचिरैया’मा देखिए । सुशान्त सिंह राजपुत, भूमि पेडनेकरजस्ता कलाकार भएपनि यो फिल्मको मूख्य पात्र बाजपेयी नै थिए । चम्बलका डाँकुहरुको कथामा बनेको यो फिल्ममा बाजपेयी डाँकु मानसिंहको भूमिकामा थिए । रोचक कुरा त के छ भने करिअरको सुरुतिर शेखर कपुरले बनाएको फुलनदेविको जीवनकथा ‘ब्यान्डिट क्विन’मा पनि बाजपेयी मानसिंहै भूमिकामा थिए ।
(एजेन्सी)










