फिल्म । सलमान खानको सफल फिल्ममा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए । त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले ।
अब यसको तेस्रो भाग अर्थात् ‘दबंग ३’ यहि डिसेम्बर २० बाट प्रदर्शनमा आउने छ । फिल्मलाई सलमानकै नजिकका साथी प्रभु देवाले निर्देशन गरेका छन् । सलमानलाई चुलबुल अवतारमा हेर्न आतुर रहेका दर्शकले अब केहि समय मात्र कुर्नु पर्ने हुन्छ । यद्दपी सलमानले फिल्म रिलिज अगाडी नै चौथो सिरिजको घोषणा गरिसकेका छन् । ‘फिल्मको कथा हामीसंग छ र मेकर पनि त्यसैले फिल्म बन्छ’ सलमानले प्रोमोसनको क्रममा एक भिडियोमा भने । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो । फिल्ममा सलमानको को-स्टार सोनाक्षी सिन्हा रहेकी छिन् । (एजेन्सी)










