प्रदीप लेख्छन् ‘सुर्य अवार्डले नेपाली फिल्मलाई टेवा पुर्‍याएको छ’

फिल्म । गत वर्ष ‘सुर्य इन्टरनेशनल अवार्ड २०१८’ को पहिलो शृंखला आयोजना गरेर सुरुवात गरेको सुर्य कर्पोरेशनले यसलाई निरन्तरता दिदै दोस्रो शृंखलाको तयारी गरिरहेको छ । आउँदो नोभेम्बर २३ देखि २६ सम्म जापानको टोकियोमा अवार्डसंग सम्बन्धित विभिन्न कार्यक्रम गरेर सम्पन्न गर्ने तयारीमा सुर्य कर्पोरेशन र यसका अध्यक्ष बाशुदेव लामिछाने लागिपरेका छन् । साकुरा नाईटसँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले दोस्रो शृंखला झनै भव्य हुने बताएका छन् ।

आउँदो नोभेम्बर २४ मा टोकियोमा रहेको नाकानो जिरो हलमा अवार्डको तयारी अन्तिम चरणमा पुगेको समेत उनले बताए । उनले यस अवार्डलाई नाफा भन्दा पनि कला र संस्कृतीमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको र अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरिएको लामिछानेले प्रस्ट्याएका छन् । फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ७० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

अवार्डलाई लिएर केहि भ्रामक हल्ला चलिरहदा गत वर्ष सहभागी फिल्मकर्मी तथा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले अवार्डको दोस्रो शृंखलालाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा अवार्डलाई लिएर आफ्नो बिचार राख्दै पहिलो शृंखला भन्दा पनि दोस्रो शृंखला झनै भव्य हुने विश्वास व्यक्त गरेका छन् । ‘गत वर्ष ४९ जनाको टोलिमा म पनि एक थिए र कार्यक्रम निकै सभ्य र भव्य भएको थियो’ उनले लेखेका छन् ,’विदेशी भूमिमा यसरि अवार्ड गर्नु नेपाली फिल्मको लागि टेवामुलक नै छ ।’ आफै टोलिमा सहभागी भएकोले भ्रामक हल्लाको पछाडी नलाग्न समेत उनले फिल्मकर्मीलाई आग्रह गरेका छन् ।

यस अवार्डमा लोकप्रिय जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिने भएको छ । कलाकारितासँगै गीतसंगीत , सामाजिक क्षेत्रमा योगदान पुर्याएका बहुआयामिक व्यक्तित्वलाई प्रदान गरिने ‘सुर्य रत्न सम्मान’ मार्फत मह जोडीलाई सम्मान गर्न लागिएको हो । यो अवार्डमा यस विधा अन्तर्गत पहिलो पटक महलाई सम्मान गर्न लागिएको हो । साथै , यो सम्मान हरेक वर्ष नहुने समेत आयोजकले प्रस्ट्याएको छ । यसैगरी चार दशक भन्दा लामो समय देखि यस क्षेत्रमा सक्रिय रहदै आएका फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सुर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यसैगरी तिन दशक लामो कलाकारिता यात्रा तय गरेका क्याप्टेन समेत रहेका विजय लामालाई ‘सर्य कलाकारिता सम्मान’ मार्फत सम्मानित गर्ने भएको छ ।

उनले कलाकारितामा निरन्तर दिएको योगदान र राष्ट्रसेवामा समेत रहेको सक्रियताको कदर गर्दै सम्मान प्रदान गर्न लागिएको सुर्य कर्पोरेशनले बताएको छ । यसैगरी दुइ दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार साथै फिल्म निर्देशक समेत रहेका लक्ष्मण सुवेदीलाई ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।पत्रकार सुवेदीलाई नगदराशि २५ हजार (जापनिज) सहित पुरस्कृत गर्न लागिएको हो । सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले अवार्डसँगै दिईने विशेष सम्मान तथा पुरस्कारले आफ्नो क्षेत्रमा निरन्तरता दिन झनै प्रेरित गर्ने उदेश्यले प्रदान गर्न लागिएको बताएका छन् ।

यसपटक अवार्डमा सहभागी हुन् नीर शाह , मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , भुवन केसी , केशव भट्टराई , अनमोल केसी , श्वेता खड्का , नम्रता श्रेष्ठ , साम्राज्ञी राज्यलक्ष्मी शाह , पुजा शर्मा , सन्दीप छेत्री , कमल खत्री , बर्षा राउत , विजय लामा , बुद्धि तामाङ , दिपेन्द्र लामा , हेमन्त शर्मा , संजीव पराजुली , टिका प्रसाईं , महादेव त्रिपाठी लगायतका कलाकारहरु रहेका छन् ।

अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । साथै , क्रिटिक्स अवार्डमा निर्देशक , अभिनेता र अभिनेत्रीको विधा समेत रहेको छ । यसको नोमिनेशन नभई अवार्ड समारोहमै विजेता घोषणा गरिनेछ भने अन्य नोमिनेशनमा परेका पपुलर विधामा भोटको आधारमा विजेता घोषणा गरिनेछ । दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् । अवार्डको नोमिनेशमा परेका टप तीनलाई भोट गर्न सुर्य इन्टरनेशनल अवार्डस् (https://suryainternationalawards.com) क्लिक गरेर नोमिनेशनमा गएर गूगल वा फेसबुक मार्फत लगइन गरेर मत दिन सकिनेछ ।

फिल्म विधा १ फिल्म प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन छक्का पञ्जा – आमा सरस्वति मुभिज ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट

२ निर्देशक मिलन चाम्स – बोबी झरना थापा – ए मेरो हजुर ३ दीपा श्री निरौला – छक्का पञ्जा ३

३ अभिनेता बिपिन कार्की – प्रसाद अनमोल केसी – क्याप्टेन प्रदीप खड्का – लभ स्टेसन

४ अभिनेत्री नम्रता श्रेष्ठ – प्रसाद साम्राज्ञी आरएल शाह – काइरा पुजा शर्मा – रामकहानी

५ सह अभिनेता केदार घिमिरे – छक्का पञ्जा ३ सलोन बस्नेत – यात्रा बुद्धि तामाङ्ग – जय भोले

६ सह अभिनेत्री बर्षा राउत – गोपी सन्ध्या केसी – पण्डित बाजेको लौरी नीरुता सिंह – नाई नभन्नु ल ५

म्युजिक

१ पप गायक कमल खत्री – तिम्रो मायाले संजिव पराजुली – कर्के नजर दीपक बज्राचार्य – मन मगन

२ पप गायिका १ टिका प्रसाई – कर्के नजर २ इन्दिरा जोशी – रेलिमाई ३ त्रिशाला गुरुङ – यो मन

३ आधुनिक गायक हेमन्त शर्मा – बरिखा युवराज चौलागाई – लट्टर पट्टर राजेश पायल राइ – दर्शन नमस्ते ४

४ आधुनिक गायिका मेलिना राइ – पिरिम नलाउने अन्जु पन्त – नरुनु है प्रविशा अधिकारी – तिमि बिना

५ लोक गायक १ कुलेन्द्र बिक – सालको पात २ खुमन अधिकारी – १४ अञ्चल ससुराल ३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी

६ लोक गायिका १ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ २ मन्जु पौडेल – गाह्रो हुन्छ फेरी ३ बिष्णु माझी – सालको पात

कमेन्ट गर्नुहोस्