तीन फिल्मलाई पुरस्कार

फिल्म । राजधानीमा आयोजित तीन दिवसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा गत कार्तिक १६ गते, शनिबारदेखि शुरु भएको महोत्सव सोमबार समापन भएको हो । विगत ८ वर्षदेखि आयोजना हुँदै आएको महोत्सवको यो संस्करणमा नेपाली र अफ्रिकन मूलका फिल्म गरी २५ फिल्म प्रदर्शन गरिएको थियो । पहिलो दिन शनिबार ५ फिल्म प्रदर्शन गरिएकोमा आइतबार र सोमबार १०/१० वटा फिल्म प्रदर्शन गरियो ।

महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन प्रदानमा ठुलो योगदान पुर्‍याएको आयोजकको विश्वास छ । महोत्सवका निर्देशक डब्बु क्षेत्रीले ३ फिल्म पुरस्कृत भएको जानकारी दिएका छन् । महोत्सवमा भिमलाल श्रेष्ठको डकुमेन्ट्री मकै विवाह, सुनील पाण्डेको लघु फिल्म अनन्त यात्रा र आशिष भेटवालको पेन्सिल पुरस्कृत भए । पुरस्कृत हुने तीनै फिल्मले जनही रुपैयाँ ५ हजार हात पारे । ‘हामीले एक फिल्मलाई उत्कृष्ट चयन गर्ने गरेका थियौ तर तीनै फिल्म उत्सै भएकाले यसपटक तीन फिल्म चयन भएका हुन्’ निर्देशक क्षेत्रीले बताए ।

उनले थपे ‘पुरस्कार राशि १५ हजार हो तर तीनै फिल्म उत्कष्ट लागेर ५ हजारका दरले पुरस्कृत गरेका हौँ ।’समापन समारोहमा बोल्दै अध्यक्ष मञ्जु मिश्रले नेपाल अफ्रिका जोड्नमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन प्रदानमा योगदान पुर्‍याएको उनको भनाइ थियो । महोत्सवमा अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी/नर्वे/जर्मनी, बेलायत र नेपालसहित १२ देशका २५ ओटा फिल्म प्रदर्शन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्