मङ्सिर १३ मा ‘मखमली मखमली’

फिल्म ।‘मखमली मखमली’ फिल्म आगमी १३ मँसिरबाट रिलिज हुने भएको छ । यसको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको दुइ पोष्टर रिलिज गरिएको छ । फिल्मलाइ सावित्रा चिलुवालले निर्माण गरेकी हुन् । यस अघि निर्माण भएको फिल्म ‘मखमली’ ले सिँगल थिएटरमा ठिकै व्यापार गरेको थियो । मखमलीको सिक्वेलको रुपमा अभिनेत्री निर्माता शुभेच्छा थापाले मखमली मखमली निर्माण घोषणा गरिन् । तर समयमा फिल्म छायाँकन नभएपछि यसमा निर्माताको रुपमा सावित्रा आबद्ध भएका हुन् । प्रदर्शनको मिति तयसँगै रिलिज गरिएको दुई ओटा पोष्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महत्व दिईएको छ । दुबै पोष्टरमा जयकिशन हास्य अबतारमा छन् ।

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेका हुन् । फिल्मको कथा आफुले लेखेको र कथा राम्रो भएका कारण फिल्ममा आफैंले निर्माण गरेको पनि सावित्राले बताएकी छिन् ।

यो फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ । यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । यसमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।

कमेन्ट गर्नुहोस्