सोमले दिए कोषध्यक्षमा उम्मेदवारी

तस्वीर : Gurkha Radio

देश । एनआरएनए ग्लोबल सम्मेलनमा बर्तमान कार्यसमीतिका सह कोषाध्यक्ष सोम सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।‘ संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ, तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको ब्यबस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु -‘ सोमले भने ।

सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैर आवासीय नेपाली संघ एन, सी,सी पोर्चुगलको कार्य समिती सदस्य २००९ -११ डेनमार्कका संस्थापक अध्यक्ष, २०११ -१३ गैर आवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक २०१५ -१७ केन्द्रीय सदस्यमा रहेर सकुसल सस्थागत ज़िम्मेवारी पुरा गरेका सापकोटा बर्तमान केन्द्रिय समितिमा सह कोषाध्यक्ष रुपमा कार्यरत छन् । यो कार्यकालमा बाकी रहेका अधुरा योजना सपन्न गर्न आगामी कार्यकालका लागि उम्मेदवारी दिएको जानकारी गराएका छन्।

मौजाद कार्य ,समितिमा निडर,एक्टिभ र गैर आवासीय नेपाली संघ नजिक बाट बुझेका सक्रिय पदाधिकारीका रुपमा आफुलाई स्थपित गरेका छन्। सस्थामा सबै खाले एन आर एन र संसारका सबै रिजन बाट केन्द्रिय समिति मा प्रतिनिधित्व हुनु पर्ने साथै गैर आवासीय नेपाली संघ सुरुवात बैदेशीक रोजगारबाट सुरु हुने हुनाले एन आर एन ए को भूमिका बैदेशीक रोजगारमा ब्यबस्थापनको लागि हुने पर्ने उनको जिकीर छ।

वर्तमान कार्य समितिमा रहदा उनले नेपाल टुरिजम प्रमोसन कमिटीको संयोजक साथै वैदेशिक रोजगार कल्याण कारी कोषको संयोजक पदमा रही रचनात्मक काम गरेका सापकोटाले एनआरएनए अभियानमा आफुलाई अब्बल दर्जाको एनआरएनमा स्थापित गरेका छन । यूरोप को २५ वर्षको बसाइ अनि एनआरएनएको स्थपना काल देखि नै सक्रिय सापकोटाले विभिन्न खाले सामाजिक कार्य गरि आफ्नो समाज र मातृभूमि प्रति जिम्मेवारी पुरा गरेका छ ।

कमेन्ट गर्नुहोस्