‘काँडामा देख्छु तिमीलाई’ सार्वजनिक (भिडियो)

संगीत । गायक ए.बि.संकल्पले ‘काँडामा देख्छु तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका छन् । उनैको शब्द र संगीत रहेको गीतमा आफ्नो मायालुलाई फुलम मात्र नभई काँडामा पनि देखिने भाव व्यक्त छ ।

गीतमा गायक संकल्पसँगै मोडल तथा नायिका अनु शाहको अभिनय रहेको छ । यी दुइको प्रेम भावलाई गीतको भिडियोमा चित्रण गरिएको छ । सार्वजनिक भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ भने यसलाई अच्युत बजगाईंले सम्पादन गरेका हुन् । गीतको भिडियोमा देवेन्द्र पाण्डेको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्