महेशले ल्याए ‘माया बिरानी’ (भिडियो)

संगीत । ‘नाच फिरिरी ‘ गीत मार्फत निकै चर्चामा आएका गायक महेश काफ्ले नयाँ गीत मार्फत दर्शक तथा श्रोता माँझ आएका छन् । उनको नयाँ गीत’माया बिरानी’ सार्वजनिक भएको छ । जि टु वान डिजिटलको प्रस्तुती समेत रहेको उक्त म्युजिक भिडियो जि टु वान डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द / सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ । असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्