फिल्म । पछिल्लो समय नेपाली फिल्ममा पनि रियल लाइफ जोडी नै रिल लाइफमा देखिने क्रम बढ्दो छ । यसै क्रममा पछिल्लो केहि वर्ष यता प्रेममा रहेको जोडी सौगात मल्ल र सृष्टी श्रेष्ठ पनि रिल लाइफमा देखिने क्रम बढ्दो छ । आउँदो कार्तिकमा ‘पोइ पर्यो काले’ मा देखिने यो जोडी छिटै नै नयाँ फिल्ममा देखिने भएका छन् । सौगातपछि सृष्टी फिल्म अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत फिल्म युनिटले जनाएका छन् ।
निर्देशक मधुसुदन भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्ममा यी दुइ नै अनुबन्धित भएका हुन् । फिल्मलाई निर्देशक तथा सञ्चारकर्मी लक्ष्मण सुवेदीले लेखिरहेका छन् । उनैले फेसबुक मार्फत सौगात र सृष्टी अनुबन्धित भएको जनाएका हुन् । छायांकन तिहारपछि अष्ट्रेलियामा हुने बताइएको फिल्ममा दर्शकले प्रेम कथा देख्न पाउनेछन ।
कमेन्ट गर्नुहोस्










