आठौँ युरोपिय युनियन फिल्म फेस्टिभल हुँदै

फिल्म । नेपालमा ‘आठौँ युरोपिय युनियन फिल्म फेस्टिभल २०१९’ आयोजना हुने भएको छ । राजधानीमा मंगलवार ‘युरोपियन युनियन डेलिगेशन टु नेपाल’ले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । जानकारी अनुसार यही अगस्ट २४ देखि २६ सम्म अर्थात् भदौ ७ देखि ९ गते सम्म काठमाडौंमा र अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म पोखरामा आयोजना गरिने आयोजकले जनाएको छ। फेष्टिबलमा आठ युरोपियन मुलुककका विभिन्न संस्कृतिक झल्को दिने ९ फिल्म प्रदर्शन गरिने छ।

फेस्टिबल, काठमाडौंमा दरबारमार्गस्थित ‘क्युज सिनेमाज’मा र पोखरमा ‘मिट टाउन ग्यालेरिया’ न्युरोडमा आयोजना गरिने छ । इयू राजदूत भरोनिका कोडीले यसअघि आयोजना भएका फेस्टिभलमा दर्शकले राम्रो प्रतिक्रिया दिएको र यसवर्षपनि साथ पाउनेमा आशावादी रहेको पत्रकार सम्मेलनमा बताइन । ‘सांस्कृतिक पक्ष यूरोपियन युनियन संघको अनर्राष्ट्रिय सम्बन्धको केन्द्रमा छ र यसलाई नेपालसँगको सम्बन्धमा कसरी बलियो बनाउन सकिन्छ भन्नेमा हामी ध्यान दिइरहेका छौं’ उनले भनिन् ,’नेपाल र युरोपियन युनियनको सांस्कृतिक सम्बन्ध आजसम्म सुमधुर रहेको र भविष्यमा पनि दुवै पक्षको सम्बन्धमा यस्ता क्रियाकलापले बलियो पुलको काम गर्ने विस्वास लिएका छौं ।’

उनका अनुसार अनुसार फेस्टिभलले विशेष गरी युवा पुस्तामाझ सकारात्मक भूमिका निर्वाह गर्ने छ । प्रत्येक दिन तीनवटा शो देखाइने फेस्टिभलमा जाने दर्शकले नि:शुल्क टिकट शो कै दिन हलबाटै लिन पाउने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्