छायाँकनमा ‘भयो रिजन अफ रिया’

संगीत । नयाँ फिल्म ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । यसको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको अवसर पारेर मुहुर्त गरियो । मुहुर्तसँगै बिहिबारबाटै यो फिल्मको छायाँकन सुरु गरिएको छ । यसमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मलाई मिलन आले मगरले निर्देशन गर्दैछन् । काठमाडौंबाट यो फिल्मको छायाँकन सुरु भएको छ । काठमाडौं पछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने यसका निर्देशक मिलनले जानकारी गराए । यसको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमार जँग कार्की रहेका छन् । यस्तै यसमा देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्