प्रभास भन्छन् ‘हिन्दी पढ्न र लेख्न सक्छु तर बोल्न सक्दिनँ’

फिल्म । पछिल्लो समयको प्रतिक्षित फिल्म ‘सहो’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चा बढेको छ । आउँदो अगस्ट ३० मा रिलिज हुने फिल्मको ट्रेलरमा प्रभासलाइ कुल र एक्सन अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको भव्यतालाई प्रस्ट्याएको छ । फिल्मको एक्सन र मेकिङले जो कसैलाई आकर्षित गर्न सक्छ ।

‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभाससँगै श्रद्धा कपूर पनि डेरिंग देखिएकी छिन । उनको एक्सनसँगै आवाज पनि भारतीय फ्यानको लागि गिफ्ट रहेको छ । उनले आफैले फिल्मको स्वरांकन गरेका छन् । तर , प्रभासको लागि यो सहज थिएन । ‘म हिन्दी लेख्न सक्छु र पढ्न पनि तर बोल्न निकै कठिन लाग्छ’ उनले भने ‘तर मैले म्य्यानेज गरे , मेहनत गरे र आफ्नै आवाजमा स्वरांकन गरे ।’

उनको यो बलिउडमा डेब्यु फिल्म हो । विदेशी भूमिमा पनि एक्सनको लागि गरिएको मेहनतले फिल्मको हाइप बढाउने निश्चित छ । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म साउथको तमिल , मल्यालम र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्