प्रसाद र नाई नभन्नु ल ५ लाई पाँच अवार्ड

फिल्म । नेपाल समाचारपत्रको सह प्रकाशन कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा पांचौ सस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ शनिवार ललितपुरस्थित हेरीटेज गार्डेनमा भव्य रुपमा सम्पन्न भएको छ । सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा अर्थात् पाँचौ संकरणमा ‘प्रसाद’ र ‘नाई नभन्नु ल ५’ लाई पाँच/पाँच विधामा अवार्ड प्राप्त भएको छ । शनिबार आयोजित समारोहमा सर्वोत्कृष्ट फिल्म घोषित भएको ‘प्रसाद’ का निर्देशक दिनेश राउत, अभिनेता विपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ र पटकथा सुशिल पौडेलले अवार्ड पाएका थिए ।

त्यस्तै, ‘नाई नभन्नु ल ५’ फिल्मबाट सह–अभिनेत्री प्रियंका कार्की, बालकलाकार सेड्रिना शर्मा, गीतकार दिनेश थपलिया, संगीतकार वसन्त सापकोटा र छायांकार पुरुषोत्तम प्रधानले अवार्ड जितेका थिए । समारोहमा २६ विधामा अवार्ड प्रदान गरिएको थियो। कामना लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कलाकार नीर शाह र मेकअप म्यान सन्तु तामाङ सम्मानित भएका थिए । उनीहरूले जनही एक लाख रुपैयाँको पुरस्कार प्राप्त गरे । ‘प्रसाद’ का अभिनेता विपिन , अभिनेत्री नम्रता र निर्देशक दिनेश भने काम विशेषले गर्दा अवार्ड समारोहमा उपस्थित थिएनन् ।

कमेन्ट गर्नुहोस्