जब डाक्टरले भने ‘होस् गर नत्र लाइफ ड्यामेज हुन्छ’

फिल्म । पाएको क्यारेक्टरलाई जीवन्त बनाएकै कारण प्रमोद अग्रहरीको चर्चा हुने गर्छ । स-सानो भूमिका भएपनि उनि आफ्नो बलियो छाप छोड्ने गर्छन , त्यसैले उनि नोटिस हुन्छन र चर्चा हुन्छ । उनि अभिनित पछिल्लो फिल्म हो ‘जाइरा’ । फिल्ममा उनि ‘राजा’ को भूमिकामा छन् । सार्वजनिक ट्रेलर हेर्दा राजाले नेगेटिभ क्यारेक्टरलाई निर्वाह गरेको सहजै अनुमान लगाउन सकिन्छ । तर , उनको क्यारेक्टरले युट्युबमा राम्रो प्रसंसा बटुलिरहेको छ । उनले राजाको क्यारेक्टरलाई केहि डरलाग्दो बनाउने प्रयास गरेका छन् । मेकअप पनि त्यहि अनुरुप छ । यस्तो मेहनत गर्ने इनर्जी टिमले आउने उनले बताए ।

राजधानीमा आयोजित ट्रेलर लन्चमा उनले शुटिङ गरिएको मेहनतले पर्दामा रङ्ग ल्याएको बताए । तर , सुरुवाती दिनमा फिल्म प्रस्ताव हुँदा उनलाई अनौठो लागेको थियो । ‘मलाइ ५ दिनको सेड्युल हो भनेर क्यारेक्टर प्रस्ताव भयो’ उनले भने ‘त्यतिबेला कस्तो क्यारेक्टर रैछ ५ दिनमै सकिने जस्तो लागेको थियो ।’ तर जब उनले टिम भेटे , टिमवर्क देखे उनलाई लाग्यो एक दिन भएपनि काम गर्छु । ‘म उनीहरुको काम गर्ने शैली र मेहनतले इम्प्रेस भए’ प्रमोदले टिम ज्वाइन गर्नुको कारण खुलाए । तर , शुटिङ उनलाई सहज भएन । उक्त समयमा उनको हातमा चोट लागेको थियो । तर पनि उनले काम छाडेनन् ।

‘मैले देखिरहेको थिए कि नम्रता पेन किलर लिएर काम गरिरहेको छ अनि म कसरि बस्न सक्थे’ उनले भने ‘हातमा चोट लागेपनि काम रोक्न सकिन किनकी टिमले इनर्जी दिईरहेको थियो ।’ त्यसो त उनलाई डाक्टरले ‘तेरो लाइफ ड्यामेज हुन्छ’ भनेर पनि भनेका थिए । तर , उनले टिमको लगनशीलता देखेर काम रोकेनन् । सार्वजनिक ट्रेलरसँगै उनको क्यारेक्टरको चर्चा बढेको छ नै , डेब्यु गर्ल सिर्जना रेग्मी पनि नोटिस भइरहेकी छिन । फिल्ममा उनले ‘बुल्लेट’ को क्यारेक्टर निर्वाह गरेकी छिन् ।

यसैगरी शिर्ष अर्थात ‘जाइरा’ कै भूमिकामा रहेकी नम्रताले क्यारेक्टरको लागि गरेको मेहनत पर्दामा देखिएकी छ । उनमा बदलाको भाव देखिन्छ । फिल्ममा उनि मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । ‘जाइरा’ मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् ।

निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।

कमेन्ट गर्नुहोस्