अर्पण भन्छन् ‘क्यारेक्टरबाट निस्किन कठिन भयो’

फिल्म । अभिनेता अर्पण थापा आफ्नो अभिनयको कारण चर्चामा आउने गर्छन् । डेब्यु फिल्म ‘ब्याच नम्बर सिक्स्टिन’ मार्फत नै अभिनयमा चर्चा पाएका अर्पणले आफुलाई मन परेको मध्येको रक भूमिका फिल्म ‘अनागत’ मा निर्वाह गरेको बताए । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त क्यारेक्टरबाट निस्किन समेत कठिन भएको बताए ।

\

‘मलाइ मन परेको क्यारेक्टर पाए त्यसैले होला निस्किन निकै समय लाग्यो’ अर्पण भन्छन् ‘फिल्म अनागत सबैको लागि होइन तर नेपाली फिल्ममा फरकपन खोज्नेलाई निराश बनाउदैन्।’ उनले फिल्म र आफ्नो भूमिकाबाट आफु सन्तुष्ट रहेको प्रस्ट्याए । उनले फिल्ममा एक श्रीमान तथा पेन्टिङ आर्टिस्टको भूमिका निर्वाह गरेकाछन् । मनोविज्ञानमा आधारित फिल्मले एक परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ । फिल्ममा अर्पणसँगै प्रियंका कार्की , प्रविन खतिवडा , रोसिन सुबेदी लगायतको अभिनय रहेको छ ।

फिल्ममा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निवाराह गरेका छन् । ‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर श्रेणीमा बनेको फिल्मलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।

कमेन्ट गर्नुहोस्