फिल्म । निर्देशक मुकुन्द भट्टले आफु निर्देशित डेब्यु फिल्म ‘लप्पन छप्पन’ को सिक्वेल निर्देशन गरिरहेका छन् । केहि दिन यता फिल्मको छायाँकन चलिरहेको छ । निर्माण पक्षले नेपाल छायाँकन सकेर विदेशमा पुग्ने तयारी गरिरहेको छ ।
सौगात मल्ल , दयाहाङ राई , अर्पण थापा , देव कुमार , अनुप विक्रम शाही , क्यारोलिन कोलिन्डा , सुरविना कार्की , फाजिल अहमद र सिर्जना सिना अभिनित मल्टीकास्ट स्टारर फिल्मलाई निर्माण पक्षले आउँदो फागुन ९ मा रिलिज गर्ने तयारी समेत गरिरहेको छ । बुझीएअनुसार निर्माण पक्षले उक्त डेटलाई यतिबेला लक गरिसकेको छ ।
यसलाई युरोप र अस्ट्रेलियामा छायाँकन गरिने निर्देशक भट्टले पछी डेटमा गाह्रो हुने भन्दै छायाँकनमा जादै गर्दा नै बुक गरेका हुन् ।पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्ममा चिज कुमार श्रेष्ठ र प्राजपति शिवाकोटी निर्माता रहेका छन् ।










