संगीत । पल शाह र आँचल शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पल र आँचल जोडीको छमछमी हेर्न सकिन्छ । सार्वजनिक ‘नाचौ छमछम’ बोलको गीतमा मेलिना राई र कमल अधिकारीको स्वर रहेको छ । यसमा हरी कटवालको शब्द छ भने यसलाई कम्पोज र एरेन्ज कमलले नै गरेका हुन् । गीतलाई अर्जुन तिवारीले खिचेका हुन् भने यसमा बिक्रम चौहानको कोरियोग्राफीसँगै निर्देशन पनि रहेको छ ।
कमेन्ट गर्नुहोस्











