फिल्म । प्रतिक्षित फिल्म ‘साहो’ को रिलिज डेटले यतिबेला नेपाली फिल्मलाई असर गरेको छ । फिल्मले घोषणा गरेको पहिलो डेट अगस्ट १५ पछि यतिबेला फिल्म अगस्टकै ३० र सेप्टेम्बर ६ मा रिलिज हुन् सक्ने अनुमान गरिएको छ । निर्माण पक्षले प्राविधिक कारण देखाउदै डेट तय गर्न सकेका छैनन् । यसअघि प्रभास अभिनित बाहुबली २ र रजनिकांतको २.० ले पनि बारम्बार रिलिज डेट सारेको थियो ।
जसको असर नेपाली फिल्ममा पर्दै आएको छ । विदेशी फिल्ममा स्वदेशी वितरकको मात्र होइन , हल संचालकको पनि प्रत्यक्ष \ अप्रत्यक्ष रुपमा लगानी कम हुने भएकोले प्राथमिकतामा नेपाली फिल्म पर्दैनन् । यसैले गर्दा पनि विदेशी ठुलो फिल्मसंग नेपाली फिल्म प्रतिष्प्रधा नै गर्न सक्दैन । किनकी आफ्नो लगानीलाई त सबैले मुनाफामा परिणत गर्न खोज्छ नै ।
पछिल्लो समय ‘साहो’ को डेट वारम्बार परिवर्तन हुँदा नेपाली फिल्मलाई अप्ठेरो परिरहेको छ । ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभास अभिनित फिल्म भएकोले यसले पनि राम्रो विजनेस गर्ने अनुमान गरिएको छ । फिल्म अगस्ट १५ मा आउँदा ‘हजार जुनीसम्म’ लाई असर गर्ने देखिएको थियो भने अगस्ट ३० मा आउँदा कबड्डी कबड्डी कबड्डी र मारुनीलाई । यदि उक्त डेटमा ‘साहो’ आयो भने यी फिल्मका २५ देखि ५० प्रतिशतसम्म शो काटिनेछ । तर यतिबेला पुनः यसको रिलिजमा हेरफेर भएको देखिन्छ ।
भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने फिल्म आउँदो सेप्टेम्बर ६ मा पनि आउँन सक्ने छ । किनकी यसको भिएफएक्सको काम सकिएको छैन । यसै कारण हुन् सक्छ निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको छैन । यदि फिल्म सेप्टेम्बर ६ मा आउछ भने नेपाली फिल्मलाई एक हप्ता भने हल मिल्ने देखिन्छ तर त्यसभन्दा अगाडी बढ्यो भने दसैको फिल्मलाई समेत असर गर्न सक्नेछ । प्रभास भएकै कारण फिल्म प्रतिक्षित बनिरहेको छ भने यसमा श्रद्धा कपूर पनि छिन । सुजीथको निर्देशनमा तयार भईरहेको यो फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ ।










