‘किड्स ग्लायम नेपाल’ को उपाधि काव्यालाई

सौन्दर्य। ‘किड्स ग्ल्याम नेपाल २०२२’ को उपाधि काव्या अधिकारीले जितेकी छिन् । राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको कार्यक्रममा नौ वर्षकी काव्याले मुख्य उपाधिसहित अन्य उपाधि जितिन् । राइजिङ नेपाल क्रियशनले आयोजना गरेको प्रतियोगितामा फष्ट रनरअपमा सुमरिना श्रेष्ठ भइन् ।

प्रतियोगितामा मिष्टर एण्ड मिस टिन ग्लायम नेपालका विजेता पनि घोषित गरिएको थियो । मिसको टिनको उपाधि दिव्या तमाङ र मिष्टरतर्फको उपाधि योगेश शर्माले जिते । मिष्टरतर्फ फष्ट रनरअप दिसन राई तथ मिसतर्फ दिप्सना विष्ट घोषित भए । आयोजक च्वाइसमा भूमिका राई तथा ब्राण्ड एम्बेसडर श्रेया तुलाचन भएकी छिन् ।

विजेतालाई प्लस टुमासम्म अध्ययनका लागि एक लाखको छात्रावृतिसहित विभिन्न पुरस्कार गिफ्ट हृयापर र ताज प्रदान गरिएको थियो । प्रतियोगिताका सिइओ सागर मगरका अनुसार प्रतियोगीलाई विभिन्न तालिमसहित अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो । प्रतियोगिताको कोरियोग्राफर अश्रु महर्जन रहेकी थिइन् ।

कमेन्ट गर्नुहोस्