फिल्म । ‘लुट’ फिल्म निर्माताको पहिचान बनाएका माधव वाग्लेले फिल्म निर्देशन गर्ने भएका छन् । फिल्म अगाडी उनले डकुमेन्ट्री निर्देशन गर्ने मनसाय पनि बनाएका थिए । तर , यतिबेला उनले फिल्मकै तयारी थालेका छन् । उनले अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको बताए । ‘प्रि प्रोडक्सनको काम भइरहेको छ अब छिटै फिल्म घोषणा गर्नेछौ’ माधवले बताए ।
एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट फिल्म निर्देशन गर्न लागेको उनले बताए । राम्रो फिल्म बनाउन आफूले हदैसम्म मेहनत गर्ने उनको भनाई छ । करीब १० वटा फिल्मको निर्माण गरिसकेका निर्माता वाग्लेले निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने अवस्थाका कारण आफैंले फिल्मको क्याप्टेनसिप सम्हाल्न लागेको बताए । दशैंपछि फिल्मको घोषणा गरेर फ्लोरमा निस्कने उनको तयारी छ ।
कमेन्ट गर्नुहोस्











