साउन अन्तिमबाट ‘द भ्वाइस अफ नेपाल २’

संगीत । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ । टेलिभिजनले प्रसारण मिती र समय घोषणा गर्दै उक्त मितीबाट हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको समयलाई न्युजको समय भन्दै आइएको छ । तर उक्त समयमा अब रियालिटी शो प्रशारण हुन् लागेको हो ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ । यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप, को स्पोन्सरमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन् ।

कमेन्ट गर्नुहोस्