फिल्म । विगत तीनवर्ष देखि निरन्तर हुदै आएको सिनेमा सर्कल नेपालको एलजिसिने सर्कल अवार्डको नयाँ संस्करणको लागी निशुल्क अनलाईन फर्म खुल्ला गरिएको छ । २०७५ सालभर नेपालमा प्रदर्शनमा आएका फिल्महरुले निशुल्क रुपमा यस अवार्डमा सहभागिता जनाउन पाउने आयोजक सस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा यो अवार्ड आयोजना हुँदै आएको छ । अवार्डको पहिलो संस्करण वर्ष २०७३ साल भदौ २२ गते भएको थियो । जहाँ वरिष्ठ भारतीय कलाकार एवम् सांसद शत्रुघन शिन्हा, जापानी फिल्म निर्देशक मात्सुवयासी र हलिउड फिल्म निर्देशक डिगर मेशको विशेष अतिथ्यता रहेको थियो । यसको दोस्रो संस्करण २०७४ साल साउन २३ गते भएको थियो । जहाँ भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो फिल्म माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विषेश आतिथ्यता ररहेको थियो ।
यस्तै गत बर्ष ३१ भदौमा यसको तेस्रो संस्करण सम्पन्न भएको थियो । जहाँ बलिउड स्टार गोविन्दाको विशेष आतिथ्यता रहेको थियो । यसको चौथो संस्करणलाई पनि भव्य रुपमा आयोजना गर्ने आयोजक दिनेश डिसीले जानकारी गराए । ‘अघिल्लो संस्करणको तुलनामा अवार्ड समारोह अझै अपडेट भएर आउनेछ’ उनले भने । सिनेमा सर्कल नेपालले फिल्मकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवि, नेपाल आर्मी तथा प्रहरीका उच्चअधिकृतहरु तथा हर दर्शकले रुचाएका नेपालका प्रतिष्ठीत व्यत्तिहरुको उपस्थिति सम्पन्न विगतको कार्यक्रम जस्तै यो बर्ष पनि केहि फरक ढंगले २०७५ सालमा प्रदर्शनमा आएका तथा यस एलजिसिने सर्कल अवार्डमा निशुल्क नाम दर्ता गराउने नेपाली कथानक फिल्महरुबाट २२ विधामा अवार्ड प्रदान गरिने जनाएको छ ।
एलजिसिने सर्कल अवार्डको फर्म यो लिंकमा गएर निशुल्क भर्न सकिनेछ । https://forms.gle/ZEjXXEDV6MN18ftx9
एलजिसिने सर्कल अवार्ड २०७५ का विधाहरु
१. बर्षको उत्कृष्ट चलचित्र २. बर्षको उत्कृष्ट निर्देशक ३. बर्षको उत्कृष्ट नायक ४. बर्षको उत्कृष्ट नायिका ६. बर्षको उत्कृष्ट संगीतकार ७. बर्षको उत्कृष्ट अनस्कृन जोडी ८.बर्षको उत्कृष्ट कोरियोग्राफर ९.बर्षको उत्कृष्ट एक्सन निर्देशक १०. बर्षको उत्कृष्ट पाश्र्व गायिका ११.बर्षको उत्कृष्ट पाश्र्व गायक १२. बर्षको उत्कृष्ट पटकथा १३.बर्षको उत्कृष्टपाश्र्व संगीत १४. बर्षको उत्कृष्ट सम्पादक १५.बर्षको सर्वाधिक चर्चित अभिनेत्री १६.बर्षको सर्वाधिक चर्चित अभिनेता १७. बर्षको उत्कृष्टक मेन्डेबल मुभि १८. बर्षको उत्कृष्ट भीएफएक्स १९.बर्षको उत्कृष्ट स्टन्ट २०.बर्षको सर्वाधिक चर्चित गीत २१.बर्षको उत्कृष्ट ट्रेलर २२.बर्षको उत्कृष्ट पोष्टर










