‘बल्ल काठमाण्डौ आए’

फिल्म । बलिउडका प्रसिद्ध निर्देशक प्रकाश झा यतिबेला काठमाण्डौमा छन् । उनि तेस्रो निफमा सहभागी हुन् नेपाल आएका हुन् । उनि निफ चलुन्जेल नेपालमै रहनेछन् । गंगाजल , अपहरण , राजनीति जस्ता फिल्म बनाएर नेपालमा समेत उतिकै लोकप्रिय रहेका निर्देशक झाले नेपाल फिल्म एण्ड कल्चर एकेडेमीद्वारा आयोजित निफ अर्थात नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल २०२० को उद्घाटन समारोहमा बोल्दै काठमाण्डौ आउने मौका बल्ल जुरेको बताए । ‘म नेपाल र भारतको बोर्डर नजिकको मान्छे तर काठमाण्डौ भने बल्ल आउँन पाए’ उनले भने । उनले निफ समुहलाई धन्यवाद दिदै फिल्म फेस्टिभललाई कलाको उत्सव भनेका छन् ।

नेपालमा संसारका विभिन्न देशका संस्कृति फिल्म मार्फत् हेर्ने उत्सुक रहेको समेत बताएका छन् । बिहीबार राष्टिय सभा गृहमा सुरु भएको निफको औपचारिक उद्घाटनमा बोल्दै झाले यस्तो धारणा राखेका हुन् । स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका उनले फेस्टिभलका दौरान विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने अपेक्षा व्यक्त गरे । ४० वर्षदेखि फिल्ममा काम गरिरहेको बताउँदै उनले हरेक दिन इन्जोए गरिरहेको बताएका छन् ।

उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको बताए । ‘म बिहारमा जन्मिएको हुँ जहाँ नेपालको बोर्डर पर्थ्यो । हामी त के हाम्रा गाइबस्तु पनि चर्नलाई नेपाल जान्थे । यसरी नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो’ झाले भने । त्यसअघि पानसमा बत्ति बालेर समारोहको उद्घाटन गर्दै सभामुख अग्नि सापकोटाले फिल्म साँस्कृतिक पहिचानको मुख्य माध्यम भएको बताएका थिए । बिहीबार सुरु भएको फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा चल्नेछ । फेस्टिभलमा सहभागिताका लागि ४० देशका फिल्मकर्मी नेपाल आइपुगेको अध्यक्ष केपी पाठकले बताए । उनले नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन ठोस योगदान गर्न सक्ने धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्