फिल्म । पछिल्लो केहि समययता फ्यामिली ड्रामा फिल्म गरिरहेका अभिनेता शाहिद कपूर एक्सन अवतारमा प्रस्तुत भएसँगै फ्यानको माया पाएका छन् । उनि अभिनित प्रदर्शनमा आएको फिल्म ‘कबिर सिंह’मा शाहिद मात्र छन् । केहिले यसलाई ‘द शाहिद कपूर शो’ पनि भनेका छन् । पछिल्लो फिल्म‘आर राजकुमार’ मा एक्सन ब्वाईको रुपमा प्रस्तुत भएका शाहिदले यस फिल्म मार्फत सबैको मन जितेका छन् ।
फिल्ममा शाहिदले गरेको अभिनयको तारिफ नगर्ने सायदै होलान् । सन्की र साहसी सर्जनको भूमिका निर्वाह गरेका शाहिदले आफुलाई हरेक सिनमा उस्तै प्रस्तुतिमा प्रस्तुत गरेका छन् । यो तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो भने यसलाई पनि सन्दीप रेड्डी भाङ्गाले नै निर्देशन गरेका छन् । फिल्मले रिलिजकै दिन शुक्रबार २०.२१ करोडको ओपनिङ गरेको थियो ।जसलाई शाहिदको करियरकै ठुलो ओपनिङ भनिएको छ ।
यसरि शाहिदको करियरकै ठुलो ओपनर बनेको फिल्मले अब सर्वाधिक कमाउने फिल्मको लिस्टमा आफुलाई पार्न सफल भएको छ । उनको फिल्म बलिउडमा सबैभन्दा बढी कमाउने टप टेनको लिस्टमा परेको छ । फिल्मको कलेक्सन भारत र बाहिरको जोड्ने हो भने तिन सय करोडको आसपास पुगिसकेको छ । यसले भारतमा मात्र २ सय ४५ करोडको आसपासमा कलेक्सन गरिसकेको छ । विशेष गरि फिल्ममा शाहिदको क्यारेक्टरले युवापुस्तालाई रिलेट गरेको छ । फिल्ममा कियारा एड्वानी उनको अपोजिटमा छिन् । (एजेन्सी)
While #KabirSingh is all set to surpass the *lifetime biz* of #Uri today [Wed], let’s have a look at the *10 highest grossing films* in #Hindi… #KabirSingh holds the No 10 rank, while #Uri moves to the 11th position… List follows…
— taran adarsh (@taran_adarsh) July 10, 2019












