‘असल आप्पा बन्न सकिन’

फिल्म । अभिनय मार्फत आफ्नो स्टारडम बनाउने कलाकारमा पर्छन् , दयाहाङ राई । गोप्ले भनौ या काजि , यी उनका उपनाम हुन् । थियटर हुँदै फिल्ममा आएका दयालाई पछिल्लो समय भ्याई नभ्याई छ । ‘केहि फिल्म रहर लागेर गरिन्छ भने केहि बाध्यताले’ दयाले व्यवहारिक पाटोलाई समेत जोडे । एक सन्तानको आप्पा रहेका दयाको प्रेम विवाह नै हो ।

पछिल्लो समय फिल्ममा व्यस्तता बढेपछि दयाले परिवारलाई निकै कम समय दिई रहेका छन् । यो उनलाई थाहा छ तर पनि म्यानेज गर्न सकेका छैनन् । ‘मैले बुझेको छु तर समयलाई बुझाउन सकेको छैन्’ उनले भने । फिल्म छायाँकन , पोष्ट प्रोडक्सनको काम , प्रचारप्रसार , एड , थियटरलाई समय छुट्याउदा छुट्याउदै उनले परिवारको समय कटौती गर्न पुग्छन । ‘पापा आज हाम्रो घरमा बस्नुन’ दयालाई एक दिन उनका छोराले भने । सुन्दा ठट्यौली लागेपनि यसले एउटा बालकको मनोविज्ञान व्यक्त गरेको छ । अर्थात दया आफ्नै घरमा छोराको लागि पाहुना रहेछन् ।

‘५ दिन आएर महिनौसम्म हराउँदा घरमै पाहुना बने , यो शब्दले मलाइ घोच्ने गर्छ’ दयाले कलाकारको बाध्यतालाई दर्साए । उनि आफै पनि असल आप्पा बन्न नसकेको बताउछन् । ‘म असल आप्पा होइन् किनकी कर्तव्यबाट टाढाछु’ उनले सुनाए । छोरासंग फिल्म ‘आप्पा’ कै छायाँकनको बेला १० दिनमा एक पटक कुरा भएको थियो भने घरमा रहदा उनले स्कुल पनि पुर्याउने गरेकाछन् । उनले आफै आप्पा बनेपछि बल्ल समस्यालाई बुंझे, नत्र उनका गुनासो धेरै थियो आफ्नो आप्पासंग । ‘मलाइ लाग्थ्यो मेरो कुरा सुन्नु हुँदैन , यतिबेला बुझे उहा त भगवान हुनुहुन्थ्यो मेरो निमित’ दयाले आफ्नो आप्पालाई सम्झीए । सन्तान बनेर बाबुसंग गरिने गुनासोलाई नजिकबाट नियाल्ने मौका पाए उनले । त्यसो त श्रीमती कतै जाँदा छोराको जिम्मेवारी दयामै आउँछ । ‘दायित्व मैले नै लिनु पर्छ किनकी फुपूलाइ बाबुले त्यति टेर्दैन , त्यतिबेला उसका गुनासो धेरै हुन्छ तर मेरो जवाद हुँदैन’ दयाले छोराको बाल मनोविज्ञानसंग हारेको संकेत गरे ।

उसले सोध्ने एउटै प्रश्न हुन्थ्यो, ‘आप्पा कहिले आउने ?’ । म ठ्याक्कै भन्दिन्थेँ कती दिन लाग्छ भनेर, जस्तै १० दिन । मैले दिन भन्थेँ उसलाई चाहिँ गते लाग्थ्यो होला सायद अनि उसले सोध्थ्यो आज कति डे ? म आज १ गन भन्थेँ । अनि उसले १ बाट गन्न थाल्थ्यो ।’ यस्तै छ दयाको छोरासंगको समयचक्र । उनि दायित्वबाट टाढिएका त छैनन् तर निर्वाह पनि गरेका छैनन् । ‘परिवर्तन त भन्ने कुरा न हो निकै गाह्रो हुन्छ’ उनले भने । त्यसो त उनलाई फिल्म ‘आप्पा’ ले पनि एउटा आमाले गर्ने दायित्वलाइ बुझायो । किनकी फिल्ममा एउटा घटनापछि उनले नै एडप्ट गरेको बालकलाई हुर्काउछन् । ‘बच्चासंग अभिनय गर्दा छोरालाई पनि सम्झिन्थे अनि सोच्थे एउटी आमाले सबै कसरि भ्याउछिन् ?’ उनले फिल्ममा आप्पाको क्यारेक्टर निवार्ह गरेका छन् । यसमा उनको र छोरा बीचको जेनेरेशन ग्याप देखाईएको छ ।

ट्रेलरको केहि दृश्यमा दयाले छोराको लागि माया दर्साएका छन् । जस्तै केक बोकेर ह्याप्पी बर्थ दे भन्नु , छोरालाई अंगालो हाल्नु लगायत । तर मोडर्न छोराले आफ्नै आप्पालाई पनि स्वीकार्न हिन्ता बोध गर्छ । ‘जेनेरेशन ग्याप समस्या ल्याउछ नै त्यसैले हामीले अहिले सन्तानसंग मित्रवत व्यवहार गर्नु पर्छ’ दया भन्छन् ‘आप्पाको दायित्वबाट कहिँ कतै भागेकि जस्तो पनि छ ।’ तर , उनि जहाँ भएपनि साँझ र विहान फोन गरेर पारिवारिक सदस्यको बारेमा बुझछन । ‘विहान र बेलुकी परिवारको बारेमा बुझ्छु , त्यसले मेरो काममा पनि इनर्जी थप्छ’ उनले भने । उनको छोराले पछिल्लो समय फिल्म ‘साईली’ हेरेका थिए । उनका प्राय फिल्म छोराले युट्युबमै हेरेका छन् । अब उनले ‘आप्पा’ हेराउने योजनामा छन् । उनि स्वयम् पनि फिल्म देखि निकै आशावादी छन् । ‘व्यावसायिक पाटो त भन्न सक्दिन तर मैले एउटा राम्रो फिल्ममा अभिनय गर्ने मौका पाए भन्ने लागेको छ’ उनि विश्वस्त सुनिए ।

डेब्यु निर्देशक अनमोल गुरुङले सम्भावनाको झल्को दिएको बुझाइ उनको छ । ‘ट्रेलर हेरेपछि लौन न छिटै हेर्ने व्यस्था मिल्दैन ? भनेर पनि केहिले सोध्नु भन्यो’ दया भन्छन् ‘यो हामीलाई पर बसेर हेर्नेले कोरेको कथा हो ।’ उनले फिल्मलाई हरेक आप्पा र छोराले बसेर हेर्नु पर्ने पनि बताए । ‘मूल उदेश्य त मनोरंजन नै हो तर एउटा आप्पा र छोराको कथा मार्फत केहि सिक्ने र बुझ्ने मौका पनि पाइन्छ’ उनले भने । फिल्ममा दयासंगै सिद्धान्त राज तामाङ्ग र अल्लोना काबो लाप्चा , तुलसी घिमिरे , अरुणा कार्की लगायतको अभिनय रहेको छ । फिल्म नेपालसँगै भारतका मुख्य सहरको २५ वटा हलमा सेम डेटमा रिलिज हुनेछ ।

तस्वीर : महेश प्रधान

‘आप्पा’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जि्लिङ, सिलोङ जस्ता मुख्य सहरहरुमा प्रदर्शनमा तयारी छ । ‘दार्जि्लिङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको फिल्ममा दयाले बिर्खे नाम गरेको एक ड्राईभरको भूमिका निर्वाह गरेका छन् । फिल्म माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो चेम्जोङ्ग रहेका छन् । यसमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

कमेन्ट गर्नुहोस्