सलमानको बर्थडेमा अक्षयको फिल्म

फिल्म । पछिल्लो समय बलिउडमा आउँदो वर्ष सन् २०२० मा अक्षय कुमारको सूर्यवंशी र सलमान खान अभिनित ‘इन्शाल्लाह’ सँगै प्रदर्शनमा आउने चर्चा बढ्दो छ । केहिले यो आउँदो समयमा मिल्ने र सँगै प्रदर्शनमा नआउने अनुमान पनि लगाईरहेका छन् । किनकी सलमान र अक्षय बलिउडमा मिल्ने साथी हुन् । तर , कुरा यो वर्षको गर्ने हो भने सलमानको जन्मोत्सवमा अक्षय कुमारको फिल्म रिलिज हुने भएको छ ।

छायाँकनरत फिल्म ‘दबंग ३’ सलमानले डिसेम्बर २० मा रिलिज गर्ने घोषणा गरेको २४ घण्टा नबित्दै अक्षयको फिल्म ‘गुड न्युज’ डिसेम्बर २७ मा रिलिज हुने घोषणा भएको हो । फिल्ममा अक्षयसँगै करीना कपूर खान , जिमी शेरगिल , कियारा एड्वानी , दीलजित दोसाँझको अभिनया रहेको छ भने यसलाई राज मेहताले निर्देशन गरेका छन् । सलमानको जन्मोत्सवमा अक्षयको फिल्मलाई दर्शकको कतिको साथ् मिल्छ ? यो भने आउँदा दिनले नै बताउनेछ ।

कमेन्ट गर्नुहोस्