फिल्म । घोषणा देखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत को बन्लिन् भन्ने कौतुहलता दर्शकसंगै फिल्मकर्मीलाई पनि छ । पहिलो सिरिज देखि नै गीतसंगीतको कारण चर्चामा रहेको फिल्मले तेस्रो सिरिजसम्म आइपुग्दा ब्राण्ड बनाउन सफल भएको छ । गीतसंगीतका कारण दर्शक माँझ लोकप्रिय यसनामले गीतको रुपमा फिल्मनगरीमा कसलाई परिचित गराउने चर्चाको वीच हामीले निर्मातासंगै निर्देशक मध्यका एक सन्तोष सेनलाई गीत कस्तो हुनेछिन् ? भनेर सोधेका छौ , जसमा उनले लगभग गीत चयन भईसकेको बताए ।
‘हामी गीतलाई परिचित गराउन आफै आतुर छौ’ उनले भने । उनले गीत बन्न कटिबद्ध हिरोइन चाहिने बताए । ‘हामीले गीतलाई सेलेक्ट गरेसँगै उनले दिन समय र गर्ने मेहनत पनि महत्वपूर्ण हुन्छ’ निर्देशक सेन भन्छन् ‘गीत बन्न उनले हामीलाई झन्डै एक वर्षको समय दिनु पर्छ ।’ निर्देशक सेनसंगै अर्का निर्देशक छेतेन गुरुङले पनि गीतलाई विभिन्न प्रशिक्षण दिएर मात्र अभिनय गराउने बताए । ‘हर्स राइडिंग सहितका धेरै प्रशिक्षण हामी गीतलाई दिन्छौ र उनिसँग वैशाखसम्मको एग्रीमेन्ट गर्छौ ।’
निर्माण पक्षले २५ मध्यबाट ६ जनाको छनौट गरिसकेका छन् । फिल्ममा प्रदीप खड्कासंगै अर्का एक कलाकार पनि मुख्य भूमिकामा हुनेछन् , जसलाई निर्माण पक्षले आजनै सार्वजनिक गर्दैछ । फिल्म यस वर्षको अन्तिम अर्थात् चैत्र २८ मा रिलिज हुने तय भएको समेत निर्माता सेनले जानकारी दिएका छन् । आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा यस अगाडी नै चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु निर्माण भइसकेको छ ।










