असोजमै ‘घामड शेरे’

फिल्म । निर्देशक हेमराज विसी निर्देशित नयाँ फिल्म ‘घामड शेरे’ को शुटिङ प्याकअप भएको छ । क्यामेरा ‘अन’ भएको ३८ दिनमा फिल्मको शुटिङ सकिएको हो । रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहेको फिल्ममा एक घामडको कथालाई देखाइएको छ । फिल्ममा निश्चल र स्वस्तिमा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको हो ।

सोसल–कमेडी जनरामा फिल्म निर्माण भएको फिल्म आउँदो असोज ३ मा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । यसअघि नै उक्त डेटमा सरौतो र लभ डायरीजले रिलिज डेट घोषणा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्