फिल्म । ‘नाइँ नभन्नु ल’ सिरिज मार्फत फिल्मनगरीमा पाइला टेकेकी वर्षा सिवाकोटीले धेरै नै चर्चा पाइन् । डेब्युमा चर्चा भएता पनि त्यसपछि आएका फिल्मले उनलाई त्यो चर्चासम्म पुर्याउन सकेनन् । तर , पछिल्लो फिल्म ‘बीर विक्रम २’ ले भने उनलाई चर्चामा ल्यायो । फिल्म हेर्नेले पनि उनको भूमिकाको र कामको तारिफ नै गरेका छन् । उनले सक्षम नारीको भूमिका निर्वाह गरेकी छिन् । दर्शकसँग प्रतिक्रिया लिन टिमसँग हल पुगिरहेकी वर्षाले पाइरहेको प्रतिक्रियापछी फेसबुकमा भावनात्मक स्टाटस लेखेकी छिन् ।
उनले फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सलाई धन्यवाद दिदै आफुलाई चिनाउन मदत गरेको लेखेकी छिन् । ‘मलाइ म बन्न सिकाउनु भयो , मैले धेरै कुरा सिक्न पाए’ उनि लेख्छिन् ‘आउँदा दिनमा पनि सँगै काम गर्ने अवसर मिलोस ।’ उनले मिलनको काम गर्ने शैली र प्राविधिकलाई गर्ने ब्यबहारको साथै मेकिङको चर्चा गर्दै प्रसंसा गरेकी छिन् । उनले फिल्मलाई आफ्नो करियरको टर्निङ प्वाइन्टको रुपमा ब्याख्या गरेकी छिन् ।
फिल्ममा वर्षाले बादलको भूमिका निर्वाह गरेकी छिन् भने यसमा पल शाहले बीर र नाजिर हुसेनले विक्रमको भूमिका निर्वाह गरेका छन् । बुद्धि तामाङ पहिलो पटक नेगेटिभ क्यारेक्टरमा छन् । प्रदीप भारद्धाजको कथामा बनेको फिल्मका छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व छ । फिल्म माया र मित्रताको कथामा केन्द्रित छ ।










