साउथ एसियन फिल्म फेस्टिभलमा ‘महानगर’ स्क्रिनिङ हुँदै

फिल्म । भर्चुअल रुपमा सम्पन्न हुने डीसी साउथ एसियन फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘महानगर’ स्क्रिनिङ हुने भएको छ । जनवरी १६ देखि ३० सम्म चल्ने फेस्टिभलमा मोहन राई निर्देशित ‘महानगर’ फिल्म उद्घाटनको दिन प्रदर्शन हुने आयोजकले जनाएको छ । मोहन राईकै लेखन रहेको फिल्ममा कार्म र मेनुका प्रधानले मुख्य भूमिका निर्वाह गरेका छन् । एउटा सानो दुर्घटनाले भेटिने दुवैको जीवनमा एक रातमा घटने घटनालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

भारतको कोलकाता फिल्म फेस्टिभलबाट वर्ल्ड प्रिमियर भएको ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो । एक रातको कथा भन्ने यो फिल्म हालै मात्र पोखरामा सम्पन्न ५ औँ पामे फिल्म फेस्टिभलमा पनि देखाइएको थियो । विभिन्न फेस्टिभलमा प्रदर्शन भईरहेको फिल्मको नेपाल प्रदर्शन भने तय गरिएको छैन ।

कमेन्ट गर्नुहोस्