‘सानो मन’ जोडी

फिल्म । आउँदो असार २० मा रिलिज हुने फिल्म ‘सानो मन’ मा दर्शकले आयुष्मान डिएस जोशी र शिल्पा मास्केको जोडीलाई देख्न पाउनेछन् । यो जोडीको अनस्क्रिन रोमान्सलाई दर्शकले कत्तिको रुचाउने हुन् ? यो त आउँदा दिनले नै बताउनेनै छ । तर , आयुष्मानको जोडी बन्नु अगाडी नै शिल्पाले उनका भाइ आशिरमान डिएस जोशीको जोडी बनेर काम गरिसकेकी छिन् । शिल्पाले आयुष्मानसँग काम गर्न पाउदा खुसि लागेको बताइन । ‘आयुष्मान आफ्नो काममा निकै लगनशील र परिपक्क हुनुहुन्छ’ उनले भनिन् ‘यो फिल्मको मलाइ पार्ट बनाउनु भएकोमा टिमलाई धन्यवाद भन्न चाहन्छु ।’ आयुष्मानले पनि शिल्पा लगनशीलता देख्छन । ‘उनको पनि कामलाई सिरियस रुपमा लिने बानी मन पर्यो’ उनले भने ‘फिल्म राम्रो बनाउने कोसिस गरेका छौ , जसलाई सार्वजनिक गीतले प्रस्ट्याएको छ ।’ फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । यसमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतको पनि अभिनय रहेको छ । यो फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । यसमा आलोक शुक्लाले छायांकन छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्म सम्पादन गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्