सलमानको भिलेन सुदीप

फिल्म । पछिल्लो समय बलिउडका भाइजान सलमान खान आउँदो फिल्म ‘भारत’ को प्रमोसनसँगै ‘दबंग ३’ को काममा पनि व्यस्त छन् । उनको सफल फिल्मको लिस्टमा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए । त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले । अब यसको तेस्रो भाग अर्थात् ‘दबंग ३’ को शुटिङको पहिलो सेड्युलमा काम भइरहेको छ । फिल्ममा यसपटक को भिलेन छन् त ? यो जिज्ञाषा सबैलाई थियो । त्यसलाई साउथ इण्डियन फिल्मका स्टार सुदीपले मेटाउदै आफु फिल्ममा रहेको बताएका छन् । उनले सोसल मिडिया मार्फत दबंगमा आफ्नो उपस्थितिलाई जनाएका छन् । उनि फिल्ममा रहेको खबर सार्वजनिक हुने वितिकै फ्यानले सहजै भिलेनको भूमिका उनले निर्वाह गरेको अनुमान लगाएका छन् । उनले सोसल मिडिया मार्फत नै सलमानलाई धन्यवाद पनि दिएका छन् । उनले शुटिङ निकै रमाइलो भएको र आफुलाई घरेलु वातावरण प्रदान गरेको भन्दै धन्यवाद दिएका हुन् । फिल्मलाई सलमानकै नजिकका साथी प्रभुदेवाले निर्देशन गर्दैछन । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो । फिल्ममा सलमानको को-स्टार सोनाक्षी सिन्हा हुनेछिन् । साथै , फिल्मको विषयवस्तु पनि लिक भएको छ । फिल्म पछिल्लो समय समस्यामा परेका किसानको वरिपरी घुम्ने छ । किसानले भोगीरहेको समस्याको समाधान चुलबुल पाण्डेले गर्नेछन् । पछिल्लो समय भारतमा भू माफियाले किसानको जमिन हडपेको खबरले निकै चर्चा पाएको थियो । यसपटक दबंगको तेस्रो सिरिजमा यसै विषयवस्तुलाई समेटिएको खबर बाहिर आइरहेको छ । फिल्ममा सलमान खान र सोनाक्षी बाहेक अन्य कलाकारहरु खुलाइएको छैन् । तर फिल्ममा अरबाज खान पनि महत्वपूर्ण भूमिकामा हुनेछन् ।
कमेन्ट गर्नुहोस्