कट्रिना भन्छिन् ‘ब्रेकअपको समय साह्रै गाह्रो’

फिल्म । कट्रिना कैफलाई बलिउडमा ल्याउने श्रेय सलमान खानलाई जान्छ । उनले कट्रिनालाई बलिउडमा स्थापित नै बनाए । यिनै सलमानसँग केहि वर्षको लभ लाइफलाई त्याग्दै कट्रिनाले बलिउडका बर्फी ब्वाई रणवीर कपूरसँग जोडी बाधिन् । विवाहकै तयारी समेत गरिरहेको समाचारको टाइटल बनेका रणवीर र क्याटको जोडीले त्यो अवसर पाएँन् ।

केहि वर्षको लभ लाइफलाई ट्युङगाउदै कट्रिनाले सिङ्गल हुने निर्णय गरिन् । उनले रणवीरबाट टाढिए लगतै सलमानको साथ् पाइन् । तर जतिबेला उनको ब्रेक भयो , त्यो समय भने कट्रिनाको लागि सहज थिएन ।

‘मैले उक्त समयमा आमाको सहारा लिए , उहाले नै मलाइ सामान्य लाइफमा फर्काउनु भयो’ कट्रिनाले भनिन् ‘त्यो सम्बन्धलाई मैले आफ्नो तर्फबाट सक्दो निभाउने प्रयास गरेको हु , तर एकतर्फी केहि हुँदैन ।’ पछिल्लो समय फिल्म भारतको प्रमोसनमा व्यस्त कट्रिनाले एक अन्तर्वार्ताको क्रममा लभ र सक्सेसको बारेमा बोलेका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्