फिल्म । दिनेश पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘रे’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सागर माथि’ बोलको गीतमा राजेन्द्र त्रिपाठीको शब्द , ओम सुनारको संगीत तथा स्वर मेलिना राई र ओम सुनारको रहेको छ । असार २७ मा रिलिज हुने यो फिल्म सगुन फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा सुनिल थापा ,दिबस धिताल ,पुर्णिमा लामा ,सुजता थापा ,क्रान्ति बराइली, अभि जोशी ,रक्षा गुरागाई , बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई,सुजता थापा, जोबिका गौतम लगायतको अभिनय रहेको छ । काठमाण्डौमा मनाइने जात्रामा हुने अलौकिक शक्तिको कथामा निर्मित फिल्ममा राजेन्द्र त्रिपाठीको निर्माण रहेको छ ।
कमेन्ट गर्नुहोस्










