‘राम राम’ मा सौगात र सुवर्ण अनुबन्धित

फिल्म । पछिल्लो समय अभिनेता सौगात मल्ल फिल्ममा अनुबन्धित भएको खबर आइरहेको छ । केहि समय फिल्मी न्युजबाट ओझेलमा परेका सौगातले केहि दिन अगाडी मात्र ‘पोइ पर्यो काले’ मा अभिनय गर्ने सम्झौता गरेका थिए ।

त्यसको केहि दिनमै उनले ‘राम राम’ नामक फिल्ममा अभिनय गर्ने सम्झौता गरेका छन् । सुवर्ण थापाको निर्देशनमा तयार हुने फिल्म डाइमण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुँदैछ । दशैँपछी छायाँकन हुने फिल्ममा सौगात मात्र अनुबन्धित भएका छन् भने अन्य कलाकारहरु चयनको प्रक्रियामा छन् । फिल्ममा दिनेश महतको लेखन रहेको छ ।

कमेन्ट गर्नुहोस्