फिल्म । डेब्यु फिल्म ‘नोभेम्बर रेन’ मार्फत नै अभिनयमा छाप छोडेकी छुल्ठिम गुरुङ पछिल्लो समय फिल्म निर्माणको तयारीमा छिन् । केहि समय अगाडी उनले फिल्म ‘डायरी’ निर्माण गरेको थिइन् । जसमा उनको दोहोरो भूमिका रहेको थियो । तर त्यसले उल्लेख्य ब्यापार गर्न सकेन् । कलाकार मात्र नभई निर्मात्रीको रुपमा समेत दर्शकको तेस्र बुझिरहेकी छुल्ठिमले आउँदा दिनमा दर्शकलाई छुने कथामा फिल्म निर्माण गर्ने बताइन ।
‘कामले नै परिपक्वता ल्याउने रहेछ’ छुल्ठिम भन्छिन् ‘यतिबेला दर्शकको मन जित्ने फिल्मको खाचो छ र हामी फिल्मकर्मीले पनि उत्तिकै मेहनत गर्नु पर्ने समय छ ।’ उनि फिल्म निर्माण गर्ने तयारीमा त छिन तर बलिद्लो फिल्मको मेकिङ शैली र दर्शकको टेस्ट पनि बुझिरहेकी छिन् । ‘प्राय फिल्म पब्लिक शो मै गएर हेर्छु यसले दर्शकको मनोभाव बुझ्न मदत गर्छ’ छुल्ठिम भन्छिन् । उनले अभिनय गरेको फिल्म ‘न यता न उता’ प्रदर्शनको तयारीमा छ । यो आउँदो वर्ष प्रदर्शनमा आउने छ । छुल्ठिमले पनि केहि समयमा फिल्म निर्माण गर्ने तयारीमा छिन् ।
तस्वीरहरु : आर्यन बिमली











