फिल्म । पछिल्लो समय फिल्म ‘उरी : द सर्जिलक स्ट्र्याईक’ मार्फत चर्चामा रहेका अभिनेता हुन् विक्की कौशल । आफ्नो भूमिका मार्फत दर्शकको मन जित्दै आएका विक्कीले फिल्म मार्फत आफ़ुलाउ स्थापित नै गरे भन्दा फरक नपर्ला । मसान , सञ्जु , मनमर्जिया लगायतका फिल्ममा भूमिका अनुसार आफुलाई प्रस्तुत गरेजा विक्की चर्चामा आएसँगै उनका गतिविधि गसिप बन्न थालेका छन् । यिनिया विक्की पछिल्लो समय भने प्रेमिकाको कारण चर्चामा आएका छन् । हर्लिन सेठीसँग प्रेम रहेका विक्कीले हालैको एक अन्तर्वार्ताको क्रममा आफु सिंगल रहेको बताएका छन् ।
‘म सिंगल नै छु तर म दर्शकसँग प्रेममा पर्न थालेको आभास भइरहेको छ ।’ उनले घुमाउरो शैलीमा आफु पछिल्लो समय काममा व्यस्त रहेको बताए । उनि एकपछि अर्को सफलता पाउँदै बलिउडमा चम्कि रहेका छन् । उनको फिल्मले २ सय करोड क्लबमा इन्ट्री गरेपछि उनलाई लिएर फिल्म बनाउने निर्माता निर्देशक पनि बढेका छन् । तर उनि आफ्नो कामलाई फिल्मको बिजनेस भन्दा पनि पब्लिकको रेस्पोन्सले असर पार्ने बताउछन् । (एजेन्सी)












