सोसल मिडियामा छैनन् प्रभास ?

फिल्म । साउथ इण्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । यसैले गर्दा यिनको पहिचान त बढ्यो नै यिनको गतिविधिले बलिउडमा पनि उत्तिकै चर्चा पाउछ । यी प्रभास यतिबेला फिल्म साहोको काममा व्यस्त छन् । केहि समय अगाडी उनकै जन्मोत्सवमा फिल्म युनिटले एक्सन मेकिङ सार्वजनिक गरेको थियो , जसले निकै चर्चा पायो । उनका फ्यानले निकै कुरिरहेको फिल्मलाई आउदो अगस्तमा निर्माण टिमले रिलिज गर्दैछ । बाहुबली सिरिज मार्फत प्रभासको बढ्दो लोकप्रियता रोकिने नाममै छैन ।

यिनै प्रभास सोसल मिडियामा छैनन् । उनले आफ्नो बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सोसल मिडियामा आउने निर्णय गरेका छन् । उनको फेक एकाउन्ट त कयौ छन् तर उनि अफिसियल रुपमा केहि समयमा सोसल मिडियामा आउने तयारीमा छन् । साहोको प्रचारप्रसार सामग्रीलाई उनकै सोसल मिडियाबाट सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ । फिल्म तिन भाषा तमिल , तेलगु र हिन्दिमा रिलिज हुनेछ भने यसलाई सुजीथले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै श्रद्धा कपूर , ज्याकी श्राफ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्