‘टाइगर फेरी आउँछ’ सलमान

फिल्म । बलिउडका टाइगर अर्थात सलमान खानलाई एक्सन अवतारमा दर्शकले रुचाउने गर्छन् । विशेष गरि उनलाई एक था टाइगर र टाइगर जिन्दा है मा दर्शकले निई रुचाए । फिल्ममा उनको कमेडी , एक्सन र को-स्टार कट्रिना कैफसँगको रोमान्सलाई दर्शकले साथ् दिए जसले गर्दा फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गर्यो । यिनै सलमानले फिल्मको तेस्रो सिरिजको बारेमा बोलेका छन् । साउदी फिल्म फेस्टिभलमा एक कुराकानीको क्रममा उनले फिल्मको तेस्रो सिरिज बन्ने र त्यसमा कट्रिना नै देखिने बताएका छन् ।

‘हामी तेस्रो सिरिजलाई अवश्य बनाउने छौ र कट्रिनानै मेरो को-स्टार हुनेछिन्’ सलमानले कुराकानीकै क्रममा भने ‘फिल्मलाई दर्शकले रुचाइ रहेका छन् भने हामीले बनाउन किन पछी हट्ने , हामी कथाको खोजीमा छौ र मेरो केहि सेड्युल सकिएपछी लाग्नेछौ ।’ सलमानको भनाइ अनुसार फिल्मको शुटिङ सन् २०२० मा हुनेछ र यसको रिरिज सन् २०२१ को इद वा क्रिसमसमा हुनेछ । प्पहिलो सिरिज एक था टाइगरलाई कबिर खानले निर्देशन गरेका थिए भने टाइगर जिन्दा हैलाई अलि अब्बास जफरले । सलमान र अलिको फिल्म भारत यहि आउँदो इदमा रिलिज हुदैछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्