जन्मदिनमा ‘सुवास फाउन्डेसन’

फिल्म । निर्माता सुवास गिरीले आफ्नो जन्मदिनको अवसरमा आफ्नो जन्मथलो सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । फिल्म निर्माणसँगै विभिन्न व्यवसायमा पनि आबद्ध गिरीले आफ्नो जन्मदिनको अवसरमा ‘सुवास फाउन्डेसन’ को शुभारम्भ गर्दै एम्बुलेन्स समेत हस्तान्तरण गरेका हुन् ।

आफूले कमाएको १० प्रतिशत अब फाउन्डेसनमा जम्मा गर्ने र आफ्नो जन्मथलोका जनताको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने समेत उनले फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् । केही दिन अगाडि मात्र उनले आफू अध्यक्ष रहेको संस्था सुवास ह्युमन रिसोर्सेजको पहलमा मलेसियामा मृत्यु भएका एक नेपालीको परिवारलाई ६ लाखभन्दा बढी रकम सहयोग गरेका थिए ।

हो यहि माया हो मार्फत फिल्म निर्माणमा आएका सुवासले नोभेम्बर रेन , क्लासिक , पर्व र कृ जस्ता फिल्म निर्माण गरिसकेका छन् भने उनले भैरवी नामक फिल्म निर्माण गर्ने घोषणा समेत गरिसकेका छन् । तर तत्काल यो प्रोजेक्ट बन्ने छाटकाट भने देखिएको छैन ।

कमेन्ट गर्नुहोस्