
फिल्म । ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’मा अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री घोषित भएका छन् । उक्त फेस्टिभलमा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता चुनिदा मिरुनाले ‘जारी’ फिल्मबाट उत्कृष्ट अभिनेत्री ठहरिएकी हुन् ।
चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सिटी सिनेमा विराटनगरमा बुधबार साँझ सम्पन्न फेस्टिभलमा निर्देशकतर्फ सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, माउन्टने फिल्म ‘प्रेम गीत ३’, टुरिजम फिल्म ‘मन्त्र’, जुरी अवार्ड ‘बिच्छेद’,कल्चर फिल्म ‘जारी’, अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले जित्न सफल भएको छ ।
दुई दिन आयोजित फेष्टिवलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेश गरि ५ देशका २४ चलचित्र महोत्सवमा सहभागी थिए । पर्यटन, कल्चर, माउण्टेन र पर्यावरणसँग सम्वन्धित वा ति विषयवस्तु समेटिएका चलचित्रहरु मात्र फेस्टिभलमा सहभागी गराइएको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाल अध्यक्ष दयाराम पाण्डे, निर्देशक तथा इनास नेपाल च्याप्टरका उपाध्यक्ष ऋषि लामिछाने, निर्देशक समाजका कोषाध्यक्ष समुन्द्र भट्ट, निर्देशक कमल एक्चै मगर, निर्देशक समाजका सदस्य सत्यराज चौलागाईं, पर्शुराम चौधरी, फिल्म निर्माता चिरञ्जिवी बस्नेत, केशव रायमाझी, चलचित्र विकास वोर्ड आदिवासी, जनजाति, मातृभाषा प्रवर्द्धन समिति-संयोजक ज्योतिराज राइ, गायक श्रीकृष्ण लुइटेल, रविन श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रममा ‘चलचित्र सम्मान २०२४’बाट फिल्म निर्माता निर्देशक सन्तोष सेन, ओएसार डिजिटलका संचालक ओम अग्रवाल सम्मानित भए ।
कार्यक्रममा अभिनेता सुवास मेचे, निर्देशक कुमार भाष्कर, इन्द्र परियार, अभिनेत्री निलम खवास, अभिनेता राजेन्द्र भगत, सारदा शाक्य अभिनेत्री, अभिनेता सानुबाबा सुब्बा, एक्सन निर्देशक हेमनारायण राजबंशी, निर्देशक दीपनरायण रजबंशी, अभिनेत्री रेनु चौधरीले प्रदेश कलाकार सम्मान प्राप्त गरे ।
