फिल्म । आउँदो चैत्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पुरानो बुलेट’ ले रिलिज अगावै च्यारिटी शो गरेको छ । केही दिन अगाडी पथरीको कञ्चन चलचित्र मन्दिरमा गरिएको च्यारिटी शो मा फिल्मलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । झन्डै पाँच सयको हाराहारीमा रहेका दर्शकसँग फिल्म युनिटले फिल्म हेरेका थिए ।
कलाकार अनुविक्रम शाही, माला लिम्बू र निर्देशक भिषण राई दर्शक प्रतिक्रियाले उत्साहित देखिन्थिए । ‘दर्शकबाट आएको प्रतिक्रियाले उत्साहित छौ’ अनुपले भने ‘फिल्मले एउटा वर्गको कथा भनेको छ जसला बुलेट जोडिएको छ ।’ क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको सो फिल्म गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ च्यारिटी शो गरिएको कार्यकारी निर्माता सन्तोष राईले बताए ।
सञ्चारकर्मी राईको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर शो हङकङबाटपनि उस्तै राम्रो प्रतिकृया पाएको थियो । फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।
यसमा कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । फिल्मलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्मातामा सन्तोष राई छन् भने यसमा हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बु र जयन जे. वाइवाकोे संगीत रहेको छ ।












