‘गणतन्त्र पार्क’मा खिचियो भिजिट भीसामा

फिल्म । छायाँकनरत फिल्म ‘दाल भात तरकारी’ को गीतको छायाँकन भईरहेको छ । निर्माण सम्पन्न भैसक्दा पनि अझै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा पहिलो पटक यसै फिल्ममा समावेश ‘भिजिट भीसामा’ बोलको गीत खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् ।

यसगीतमा फिल्मका सबै कलाकारलाई देख्न पाइनेछ । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । ९० भन्दा बढी कोरसको साथमा गणतन्त्र पार्कमा गीतको छायांकन भैरहँदा यसका मुख्य कलाकार पुष्पल खड्का र आँचल शर्मा उत्साहित थिए ।

गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलमा पनि खिचिएको छ । सुदन केसीको निर्देशनमा तयार भैरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्